birat ribon

मधुमेह रोगीले आफ्नो दैनिक औषधि लिन बिर्सनु हुँदैन

Neuro
मधुमेह रोगीले आफ्नो दैनिक औषधि लिन बिर्सनु हुँदैन

विराटनगर / मधुमेहका बिरामीलाई दिइएको औषधिले शरीरमा ग्लूकोजको मात्रालाई सन्तुलनमा राख्न र रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

cura insider

रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न डाक्टरको परामर्शमा लिएको औषधि मधुमेहका बिरामीका लागि एकदम महत्त्वपूर्ण हुन्छ । तर, यी औषधि लिन बिर्सँदा यसले बिरामीको स्वास्थलाई थप बिगार्न सक्छ । औषधि लिन बिर्सँदा तत्काल टाउको दुख्ने वा अन्य कुनै समस्या हुनुभन्दा पनि यसको कारणले केही समयपछि भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।

औषधिको सेवन गर्न बिर्सँदा रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ, जुन अन्य समस्यालाई निम्त्याउने आमन्त्रणा हो । मधुमेहसम्बन्धी विशेषज्ञका अनुसार मधुमेहको औषधि दैनिक सेवन गर्नुपर्ने हुन्छ । साथै, मधुमेहको औषधि सेवन गर्नका लागि दैनिक एक समय निश्चित गर्नुपर्छ । औषधि दैनिक एकै समयमा नलिँदा रोगीको अवस्था बिग्रन सक्छ ।

मधुमेहको औषधि सेवन गर्न बिर्सँदा आँखाको दृष्टि कमजोर हुने, अन्धोपन निम्तिने, मुटुसँग सम्बन्धित समस्या, मृगौलमा असर पर्ने तथा विवाहित जीवनमा पनि असर गर्न सक्छ । यो बिरामीले खाइरहने औषधि र मधुमेहको समस्या कत्तिको गम्भीर हो त्यसमा पनि निर्भर गर्छ । एक बिरामीले लामो समयसम्म मधुमेहको औषधि सेवन नगर्दा यसले शरीरमा भएको धेरै स्नायुमा नोक्सान पुर्‍याउँछ ।

स्नायुमा क्षति भएका कारणले गर्दा बिरामीले शरीरमा चोटपटक लागेको वा काटेको केही पनि महसुस गर्दैन । यस्तो अवस्थामा लामो समयसम्म चोटपटक वा काटिएको थाहा नहुने कारणले त्यो घाउ भएको ठाउँ पूर्ण रूपमा सड्न थाल्छ वा सङ्क्रमण फैलिन थाल्छ । यस्तो अवस्थामा डाक्टरहरूले उक्त अङ्ग काट्नुबाहेक अरू कुनै विकल्प हुँदैन ।

मधुमेहको यो अवस्था सबैभन्दा खतरनाक हो । एक पटक स्नायु क्षति भएपछि यसलाई फेरि पहिलाजस्तो बनाउन असम्भव हुन्छ । मधुमेहका बिरामीले औषधि लिन बिर्सिएमा तुरून्त चिकित्सकलाई सम्पर्क गर्नुपर्ने हुन्छ । साथै, कुनै मधुमेह औषधि लिन बिर्सिएमा अर्को पटक चाहिनेभन्दा धेरै औषधिको सेवन गर्नु हुँदैन । यसले अन्य गम्भीर समस्यामा पार्छ ।

मधुमेहका बिरामीले मात्र नभई कुनै पनि रोग लागेका मानिसले आफूले दैनिक खानुपर्ने औषधिको सेवन गर्न बिर्सनु हुँदैन ।

jackson ribon