birat ribon

युभेन्टसले रोनाल्डोबाट ‘धोका’ पायो

Neuro
युभेन्टसले रोनाल्डोबाट ‘धोका’ पायो

विराटनगर / रियल मड्रिडका पूर्वफरवार्ड एन्टोनियो क्यासानोले क्रिस्टियानो रोनाल्डोबाट युभेन्टसले धोका पाएको बताएका छन् । शनिबार राति भएको भेरोनासँगको खेलमा युभेन्टस बराबरीमा रोकिएसँगै क्यासानोले स्ट्राइकर रोनाल्डोको आलोचना गरेका हुन् ।

क्यासानोले रियल मड्रिड, एसी मिलान, इन्टर मिलान, रोमा, साम्पोडोरिया, भेरोनालगायत क्लबबाट खेलेका छन् । उनै क्यासानोले रोनाल्डोले युभेन्टसको अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको आरोप लगाए ।

cura insider

गए राति इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टस भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । भेरोनाको मैदानमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने भेरोनाका एन्टोनिन बारकले एक गोल फर्काएका थिए ।

यस बराबरीसँगै तेस्रो स्थानको युभेन्टसले २३ खेलमा ४६ अङ्क जोडेको छ । भेरोना भने ३५ अङ्कका साथ नवौँ स्थानमा छ । उसले २४ खेल खेलेको छ ।

‘युभेन्टसले रोनाल्डोलाई च्याम्पियन्स लिगको उपाधि जित्नका लागि अनुबन्ध गरेको थियो तर युभेन्टसले रोनाल्डोबाट धोका पायो’, क्यासानोले एक अन्तर्वार्तामा भने, ‘रोनाल्डोले युभेन्टसको अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । उनी टोलीमा हुँदा युभेन्टस झन् खराब भयो । बरु उनलाई ल्याउनुअघिको युभेन्टस राम्रो थियो ।’

‘उनीहरूले रोनाल्डोविना नै सिरी ‘ए’ उपाधि जितिरहेको थियो तर अब मलाई लाग्छ यस पटक ऊ असफल हुनेछ’, उनले थपे ।

क्यासानोले रोनाल्डो र प्रशिक्षक आन्द्रे पिर्लोले समान उपाय शेयर नगर्ने उल्लेख गरे । ‘मौरिसियो सार्री र पिर्लोले युभेन्टसको पहिचान परिवर्तन गर्ने प्रयास गरेका थिए, खेल्ने शैली फरक बनाउने प्रयासमा थिए । रोनाल्डो र प्रशिक्षकबीच तालमेल मिलिरहेको छैन । उनी (रोनाल्डो) गोल गर्नतिर मात्रै लाग्छन् । तथापि, मलाई लाग्छ रोनाल्डोले पछिल्ला तीन वर्षमा धेरै राम्रो गरिरहेका छन्,’ उनले भने ।

jackson ribon