birat ribon

पुरातत्त्व विभागप्रति महानगर प्रमुख शाक्य आक्रोसित

Neuro
पुरातत्त्व विभागप्रति महानगर प्रमुख शाक्य आक्रोसित

काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्त्व विभागप्रति आक्रोसित भएका छन् ।

cura insider

आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागका कारण सम्पदाहरुको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।

अहिले पुरातत्त्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र जनतालाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए । उनले भने, ‘पुरातत्त्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्त्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ?’

पुरातत्त्व विभागलाई त्यस्तो किसिमले छाडा रुपमा छोड्न नसकिने उनले बताए । जनता–जनताबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्त्व विभागलाई कानुनको दायराभित्र ल्याइने उनको भनाइ छ ।

मेयर शाक्यले पुरातत्त्व विभागले यहीअनुसार काम गर्दै गए कारवाही गर्ने चेतावनीसमेत दिए । महानगरभित्र रहेका कतिपय सम्पदाहरु पुरातत्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि बताए ।

हनुमानढोकाभित्र रहेका सतलहरुमा पुरातत्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए । सबै पसल र होटलहरु नहटाए स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारवाही गर्ने चेतावनी पनि दिए ।

‘काठमाडौँ महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रुपमा कायम गर्न चाहन्छौँ । हामीले पुरातत्त्व विभागलाई पत्र पनि लेखिसकेका छौँ, उनले भने, ‘हनुमानढोकाभित्र जुन जुन सतलहरु थियो, ती सतलबाट पुरातत्त्व विभागले व्यापार गरेर खाइरहेको छ ।’

ती पसल बन्द गर भनेर पत्रचार गरिसकेको उनले बताए । ‘पुरातत्त्व विभागले व्यापार गरेर पैसा कमाउने होइन । सतल खुल्ला नै हुनुपर्छ ।’ उनले भने, ‘बटुवामैत्री हुनुपर्छ भन्ने काठमाडौँ महानगरपालिकाको धारणा हो ।’

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दासमेत निर्माण कार्यमा ढिलाइ हुने गरेको बताए । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाए । उनले भने, ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु । आफूले गर्दा जे पनि ठिक अरुले गर्दा बेठिक भन्न पाइन्न । हाम्रो लागि बोल्ने को ? उहाँहरुले गर्दा सबै बोल्ने हामी, उहाँहरुलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न ।’

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए । प्राधिकरण जोडिएका सम्पदाहरुको समस्या समाधानका लागि प्राधिकरणले समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सरकारी निकायहरुबीचको समन्वय हुनेखालको कुराहरुमा आफ्ना तरिकाले सोच्ने कुरामा कहिलेकाहीँ समस्याहरु छन् । त्यसलाई अरु कुनै पनि उपाय छैन । हामी एकसाथ बसेर छलफल गरेर निचोड के हो, त्योअनुसार निकालेर काम गर्नुको हामीसँग विकल्प छैन ।’

भारत सरकारको आर्थिक सहयोगमा सेतो मछिन्द्रनाथको मन्दिर बनाउन लागिएको पनि ज्ञवालीले बताए । भूकम्पबाट क्षति भएका सबै सम्पदाहरुलाई प्राथमिकताका साथ पुनर्निर्माण गरिरहेको पनि सिइओ ज्ञवालीले बताए ।

jackson ribon