birat ribon

मोडर्नाले नयाँ प्रकारको कोरोनाको लागि बुस्टर खोप बनाउँदै

Neuro
मोडर्नाले नयाँ प्रकारको कोरोनाको लागि बुस्टर खोप बनाउँदै

विराटनगर / मोडेर्ना कोरोनाको नयाँ प्रकारको भाइरसलाई लक्षित गर्दै बुस्टर खोप बनाउने काम गरिरहेको छ ।

cura insider

योसँगै मोडर्ना दक्षिण अफ्रिकी कोरोना भाइरस संस्करणलाई लक्षित गर्दै खोप विकास गर्ने पहिलो खोप निर्माता कम्पनीसमेत बनेको छ । बोस्टनमा आधारित यस अमेरिकी बायोटेक कम्पनीले खोपका लागि चाहिने कच्चापदार्थ उत्पादन गरिसकेको छ ।

मोडेर्नाले बुस्टर खोपको थप अध्ययन र मानव परीक्षण सुरु गर्नका लागि आफूलाई कोभिड खोप निर्माण गर्न मद्दत गर्ने अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थालाई यो बुस्टर खोप पठाइसकेको छ । अमेरिकाका कोभिड विशेषज्ञ डा. एन्थोनी फाउची र एनआईएचको टोलीले केही हप्तामा स्वयंसेवकहरूको सानो समूहमा उक्त खोपको परीक्षण सुरु गर्ने भएका छन् ।

परीक्षणमा मोडर्नाको मुख्य खोप प्राप्त गरिसकेका र हालसम्म कुनै पनि किसिमको खोप नलिएकालाई समावेश गरिनेछ । परीक्षण दुईदेखि तीन महिनामा सकिने बताइएको छ । दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको परिमार्जित स्वरुपमा मोडर्नाले विकास गरेको खोप पुरानो कोरोना भाइरसको तुलनामा कम प्रभावकारी देखिएको थियो ।

बुस्टर खोपले दक्षिण अफ्रिकी भेरियन्टको स्पाइक प्रोटिनमा फेला परेको इ४८४के उत्परिवर्तनलाई लक्षित गर्नेछ । यो उत्परिवर्तन ब्राजिल र बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकारको भाइरसमा पनि देखिएको छ ।

jackson ribon