birat ribon

पुदिना : वनस्पति एक, फाइदा अनेक

Neuro
पुदिना : वनस्पति एक, फाइदा अनेक

विराटनगर / पुदिनाको पात स्वस्थ्यका लागि फाइदाजनक मानिन्छ । पुदिनामा औषधीय गुण हुने भएकाले यो हाम्रा लागि बहुउपयोगी वनस्पति हो ।

cura insider

पुदिनाको पातमा क्यालोरी, प्रोटिन र फ्याटको मात्रा धेरै कम हुन्छ । यसमा भिटामिन ए, सी र बी–कम्प्लेक्स प्रचुर मात्रामा पाइन्छ, जसले छालाको स्वास्थ्यलाई बढावा दिन्छ र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । आइरन, पोटासियम र म्यागनिजले समृद्ध पुदिना सेवनले हेमोग्लोबिन बढाउँछ र मस्तिष्कको कार्यमा सुधार ल्याउँछ ।

पुदिनाको सेवनले पाचनमा सुधार ल्याउन मद्दत गर्छ । पुदिनामा एन्टिअक्सिडेन्ट, मेन्थोल र फाइटोन्यूट्रिएन्ट प्रचूर मात्रामा हुन्छ, जसले खाना पचाउन मद्दत गर्छ । पुदिनामा हुने तेलमा कडा जीवाणुरोधी र एन्टिसेप्टिक प्रभाव हुन्छ, जसका कारण पेटको दुखाइलाई शान्त बनाई एसिडिटी र पेट फुल्ने समस्या कम हुन्छ ।

नियमितरूपमा पुदिना सेवन गर्नाले छातीमा जम्मा भएको कफलाई कम गर्न सकिन्छ । पुदिनामा रहेको मिथेनलले एक डिकन्जेस्टन्टको रूपमा काम गर्छ । यसको सेवनले फोक्सोमा सङ्कलन भएको खकारलाई पातलो पारेर, सुन्निएको नाकको झिल्लीलाई पनि निको पार्छ ।

पुदिनामा हुने मेन्थोलले मांसपेशीलाई आराम दिन र पीडा कम गर्न मद्दत गर्छ । पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ । यसले तनाव र डिप्रेसनको लक्षणलाई पनि कम गर्न मद्दत गर्छ । पुदिनामा हुने एन्टी–इन्फ्लेमेटरी र एन्टी–ब्याक्टेरियल गुणले छालामा हुने एक्ने र पिम्पलको उपचार गर्न सहयोग गर्छ ।

पुदिनाका पातहरूमा सेलिसिलिक एसिडको मात्रा उच्च हुन्छ, जसको काम प्रभावकारीरूपमा छाला सफा गर्नु हो । पुदिनामा हुने एन्टिअक्सिडेन्ट गुणले शरीरबाट फ्रि–रेडिकलहरू हटाएर छालालाई सफा र जवान राख्न मद्दत गर्छ । पुदिनाले छालालाई मोइस्चराइज्ड राख्ने, मृत छालाको कोष हटाउने, छालाको पोर्सबाट फोहोर हटाउने र छालालाई उज्यालो र गोरो बनाउँछ ।

पुदिना सास गन्हाउने समस्याका लागि पनि प्रभावकारी छ । दाँत दुखेको अवस्थामा वा मुखको सम्पूर्ण स्वास्थ्यका लागि पनि पुदिनाको पात प्रयोग गर्न सकिन्छ । पुदिनाको सेवन गर्दा रुघाखोकी निको हुन्छ । पुदिनाले उल्टीसमेत रोक्न सक्छ ।

पुदिनाका पात खाँदा वा हरेक बिहान यसलाई सुँघ्नाले मात्र पनि गर्भवती महिलालाई वाकवाकी आउने समस्याबाट आराम मिल्छ ।

jackson ribon