birat ribon

चैत १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको फर्म खुल्ने

Neuro
चैत १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको फर्म खुल्ने

विराटनगर / प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चैत १ गतेबाट फर्म खुलाउने विराटनगर महानगरपालिकाले जानकारी दिएको छ ।

cura insider

आर्थिक वर्ष ७८/८९ को लागि फर्म खुल्न लागेको महानगरका रोजगार संयोजक दिनेशप्रसाद साहले जानकारी दिए । यसका लागि यही हप्ता सूचना प्रकाशन गर्न लागेको जानकारी साहले दिएका छन् । वडा कार्यालयमार्फत् फर्म भर्न सकिने उनले बताए । उनले भने, ‘अहिले नै यत्ति बजेट आउँछ भन्ने हुँदैन, फर्म कतिले भर्छन् त्यही आधारमा बजेट उपलब्ध हुन्छ ।’ काम गरेवापत व्यक्तिले दैनिक ज्याला पाँच सय १७ रुपैयाँ पाउने गरेको साहले बताए ।

कोरोनाका कारण गत वर्षको कार्यक्रम अझै सञ्चालन हुन सकेको छैन । भदौमा फर्म खुलेपछि एक सय २८ जनाले फर्म भरेका थिए । त्यसबाट एक सय छ जनालाई पुग्नेगरी बजेट आएको उनले बताए । कार्यक्रमका लागि २०७७ असारमा ५४ लाख ६० हजार बजेट आएको साहले बताए । अब उक्त रकम बराबरको काम पनि सुरु हुने उनको भनाइ छ ।

साहले भने, ‘फर्म त धेरैले भर्छन्, तर छनोट भएर पनि सबैले काम गर्दैनन्, जसका कारण बजेट फ्रिज हुने गरेको छ ।’ निर्माण तथा मर्मतसम्बन्धीको काम गर्नुपर्ने भएका कारण धेरैले पूरा समय काम नगरी छाड्ने गरेको उनको भनाइ छ ।

स्थानीय तहमा भएका बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगार सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रमको शुभारम्भ भएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार व्यक्तिलाई विभिन्न पूर्वाधार निर्माण साथै सार्वजनिक आयोजनामा संलग्न गराएर ज्यालावापतको रकम दिने गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले वार्षिक ५० हजारभन्दा कम आर्थिक आयआर्जन भएकालाई प्राथमिकतामा राखेको छ । उक्त कार्यक्रमअन्तर्गत एक सय दिनको रोजगारी प्रदान गरिँदै आएको छ ।

jackson ribon