birat ribon

१० लाख फिरौती माग्ने तीन जना पक्राउ

Neuro
१० लाख फिरौती माग्ने तीन जना पक्राउ

विराटनगर / एक युवालाई बन्धक बनाई १० लाख रुपैयाँ फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

cura insider

विराटनगर महानगरपालिका–१६ हरैयाका २० वर्षीय रोहित पण्डित, सोही स्थानका २१ वर्षीय अजय यादवलाई र विराटनगर महानगरपालिका–६ रामपुरकी २८ वर्षीया सन्ध्या शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनीहरूले फागुन १५ गते विराटनगर महानगरपालिका–१८ खोक्साका अन्दाजी २३ वर्षीय सुभाष कामतलाई बन्धक बनाई १० लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए । घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–६ रामपुरबाट कामतलाई २ घण्टाभित्रै सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

jackson ribon