birat ribon

फरार प्रतिवादी पक्राउ

Neuro
फरार प्रतिवादी पक्राउ

विराटनगर / जबर्जस्ती करणी उद्योग गरेको आरोप लागेका एक फरार अभियोगीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । फागुन ६ गते एक ११ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेका मोरङ जहदा–१ का अन्दाजी ४५ वर्षीय बोज भन्ने राजेन्द्र सरबरियालाई पक्राउ गरिएको जिल्ला प्रहरीले मोरङले जनाएको छ ।

cura insider

सोही गाउँपालिकाकी ३८ वर्षीय पार्वतीदेवी मुखियाले फागुन १३ गते सबरियाले ११ वर्षीय बालिकालाई मकैबारीमा जबर्जस्ती करणी उद्योग गरेको भनी इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सबरियालाई पक्राउ गरेको हो । हाल सबरियालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

jackson ribon