birat ribon

अदालतको अवहेलना मुद्दामा प्रचण्डद्वारा लिखित जवाफ पेश

Neuro
अदालतको अवहेलना मुद्दामा प्रचण्डद्वारा लिखित जवाफ पेश

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन् ।

cura insider

अध्यक्ष प्रचण्डले आइतबार सर्वोच्च अदालतमा पुगेर आफूमाथि लागेको अवहेलनाको मुद्दामा लिखित जवाफ पेश गरेका हुन् । सर्वोच्चमा जवाफ पेश गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको मानहानी हुनेखालको कुनै अभिव्यक्ति नदिएको र आफूमाथि लगाइएको आरोप गलत छ भनी लिखित जवाफ बुझाएको बताए ।

उनले भने, ‘आफ्नो तर्फबाट अदालतलाई मानहानी हुनेखालको कुनै अभिव्यक्ति दिएको छैन । ममाथि लगाइएको यो आरोप गलत छ भन्ने स्प्रिटमा लिखित जवाफ बुझाएर आएँ ।’

नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले सरकारले संविधान नै नष्ट गर्नेगरी संविधानविरुद्धको काम गरेकाले आफ्नो दलीय कर्तव्यअनुरुप जनतालाई सुसूचित गरेको तर अदालतको गरिमा, स्वच्छता र स्वतन्त्रतालाई आक्षेप नलगाएको भनी अध्यक्ष प्रचण्डले लिखित जवाफ पेश गरेको बताए ।

उनले भने, ‘अध्यक्षले अदालतप्रति मेरो सम्मान नै छ । अदालतले गरेको आदेश अथवा फैसला कार्यान्वयन गर्नुपर्छ तर अदालतले पनि संविधानअनुसार गर्ने हो,’ उनले भने, ‘हाम्रो जुलुस हेरेर गर्ने होइन, प्रधानमन्त्रीको धम्की सुनेर गर्ने होइन ।’

गत माघमा प्रतिनिधिसभा विघटनको विरोध गर्न विराटनगरमा आयोजित सभामा प्रचण्डले अदालतको अवहेलना हुनेखालको अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अधिवक्ता समिर हायूले हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत बुधबार प्रचण्डलाई सात दिनभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो ।

jackson ribon