birat ribon

५५ वर्षमाथिका उमेर समूहले खोप लगाउँदा यी कुरामा ध्यान दिनुपर्ने

Neuro
५५ वर्षमाथिका उमेर समूहले खोप लगाउँदा यी कुरामा ध्यान दिनुपर्ने

विराटनगर / नेपालमा दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २३ फागुनदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई पनि संलग्न गराइने भएको हो । अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको तथा भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि नेपालमा पनि खोप अभियान थालिएको हो ।

cura insider

तर, बढी उमेर भएका वा कुनै रोग भएकाले खोप लगाउन मिल्छ वा मिल्दैन भन्ने विषयलाई लिएर धेरै व्यक्तिहरू चिन्तित भएको पाइन्छ । ५५ वर्षमाथिका उमेर समूहले खोप लगाउँदा केही कुरामा ध्यान दिन जरुरी हुन्छ । सामान्यतया सबैले खोप लगाउन हुने र बढी उमेर भएका मानिसले अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् ।

उच्च रक्तचाप, मधुमेह वा अन्य प्रकारका दीर्घकालीन रोग भएकाहरूले उमेरका कारणमात्र नभई रोगका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा पनि जोखिममा बढी हुने हुँदा खोप लगाउन महत्त्वपूर्ण हुन्छ । कोभिशिल्ड खोप रगत पातलो गर्ने प्रकारको कडा औषधिको सेवन गरिरहेकाले डाक्टरको परामर्श लिएपछि मात्र लगाउनु पर्छ ।

खोप लगाएपछि ज्वरो आएजस्तो हुने, शरीर दुख्ने, बिसन्चो हुनेजस्तो लक्षण देखिन सक्छ । यस समयमा शरीरमा पानीको मात्रा कम भएको हुनसक्ने हुँदा ध्यान दिन जरुरी हुन्छ । मदिराको सेवनले शरीरमा पानीको मात्रा कम गर्ने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाइदिने हुँदा मदिराको सेवन नगर्न सुझाव दिइएको छ ।

jackson ribon