birat ribon

अमेरिकामा जोनसनको खोप स्वीकृत : एक डोज लगाए पुग्ने खोप सुरक्षित र प्रभावकारी

Neuro
अमेरिकामा जोनसनको खोप स्वीकृत : एक डोज लगाए पुग्ने खोप सुरक्षित र प्रभावकारी

विराटनगर / अमेरिकामा जोन्सन एन्ड जोन्सनको खोपले प्रयोगका लागि अनुमति पाएको छ ।

cura insider

अमेरिकी नियामक निकायले तेस्रो कोभिड खोप स्वीकृत गर्दै जोन्सन एन्ड जोन्सनको एक डोज लगाए पुग्ने खोपलाई अनुमति दिएको हो । फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले स्वीकृत गरेको खोप अगामी साता उपलब्ध हुने बताइएको छ ।

बेल्जियमको खोप निर्माण कम्पनीले उक्त खोप अमेरिकालाई जुन महिनाको अन्त्यसम्ममा एक अर्ब मात्रा उपलब्ध गराउने भएको छ ।

परीक्षणमा एक डोजमा दिने खोपले गम्भीर बिरामी हुनबाट बचाउनका लागि उक्त खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा भाइरसको सबैभन्दा खराब परिणाममा प्रभावकारिता उच्च रहेको पाइयो । तर, समग्रमा भने यो ६६ प्रतिशत मात्र प्रभावकारी देखिएको छ ।

नयाँ प्रकारका कोरोना भाइरस देखिएका कारण समग्रमा रोगबाट बचाउने कुरामा यसको प्रभावकारिता कम देखिएको हो । समग्रमा खोप लगाएको २८ दिनपछि र सामान्य लक्षण भएका मानिसको परीक्षण गरिएको थियो । खोप लगाएको २८ दिनपछि सहभागीमध्ये कसैको पनि निधन नभएको तथा कोही पनि अस्पताल भर्ना हुनु नपरेको बताइएको छ ।

जोनसनको खोप फाइजर र मोडेर्नाभन्दा सस्तो रहेको छ भने यसलाई सामान्य रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ । अमेरिकाबाहेक बहराइनले पनि उक्त खोपलाई बिहीबार स्वीकृति दिएको थियो ।

jackson ribon