birat ribon

क्रसरको विरोधमा केराबारीमा प्रदर्शन

Neuro
क्रसरको विरोधमा केराबारीमा प्रदर्शन

विराटनगर / क्रसर उद्योगले अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेपछि केराबारीका स्थानीय आन्दोलित बनेका छन् । केराबारी गाउँपालिका–८ आमजुङीका स्थानीय आन्दोलत बनेका हुन् ।

मनोमानी उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीयले गाउँपालिका कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिलेमतोमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ ।

cura insider

गाउँपालिका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन् । महादेव मिनरलमा उनको पनि लगानी रहेको स्थानीयको आरोप छ । अध्यक्ष कार्कीले भने आइतबार प्रतिक्रिया लिन कार्यालय पुगेका पत्रकारसँग कुरा गर्न मानेनन् ।

jackson ribon