birat ribon

पेट र आन्द्राको ब्याक्टेरियालाई स्वस्थ राख्न दही फाइदाजनक

Neuro
पेट र आन्द्राको ब्याक्टेरियालाई स्वस्थ राख्न दही फाइदाजनक

विराटनगर / मानव शरीरभित्र लाखौँ जीवित जीवहरू हुन्छन् ।

मुख, नाक र आन्द्राभित्र पनि ब्याक्टेरियाहरू पाइन्छ । यी ब्याक्टेरिया मानिस जन्मँदादेखि र अन्तिम सास रहुन्जेल शरीरभित्र रहन्छन् । शरीरभित्र रहेको यी सूक्ष्मजीवहरूले शरीरको विकासका लागि काम गर्छन् । यी ब्याक्टेरियाहरूले शरीरलाई रोगका भाइरसबाट टाढा राख्न र बिरामी हुन नदिने काम गर्छन् ।

cura insider

पेट र आन्द्रामा हुने यी ब्याक्टेरियाले पाचन प्रणालीमा कुनै प्रकारको पनि अवरोध पुर्‍याउँदैनन् । पेट र आन्द्रामा हुने व्याक्टेरियाले मेटाबोलिजमलाई सुधार गर्न, आन्द्रामा भिटामिन बी १२ र भिटामिन के उत्पादन गर्न, खाना पचाउन, पेट तथा आन्द्रामा हुने अन्य गम्भीर समस्याहरूबाट बचाउन पनि काम गर्छ । आन्द्राको ब्याक्टेरियाले राम्रोसँग काम गरेन भने बिरामी भएको महसुस हुन्छ । यसले मुडलाई सुधार गर्न पनि मद्दत गर्छ ।

हालसालै गरिएका अनुसन्धानले यी ब्याक्टेरियाहरूले शरीरमा मुड राम्रो गर्ने सेरोटोनिन र डोपामिन जस्ता रसायनहरूको रिलिज बढाउँछन् । तिनीहरूले रासायनिक तनाव र चिन्ता जस्ता समस्याहरू हटाउन कार्य गर्छन् । शरीरभित्रका अधिकांश ब्याक्टेरियाले कुनै प्रकारको मद्दत तथा कुनै नोक्सान पनि गर्दैनन् । तर, त्यहाँ केही ब्याक्टेरियाहरू छन्, जुन धेरै हानिकारक हुन सक्छ ।

र, यसले दम, मोटोपनालगायतका धेरै गम्भीर रोगहरू पनि निम्त्याउन सक्छ । त्यसैले, पेट र आन्द्राको ब्याक्टेरियालाई स्वस्थ राख्नका लागि आफूले खाएको खानामा ध्यान दिन आवश्यक हुन्छ । चिनी, फास्ट फुड, जङ्क फुड, प्रसोधित खानाले पेट र आन्द्राको ब्याक्टेरियालाई नोक्सान पुर्‍याउनुका साथै मानिसलाई बिरामी पनि बनाउने गर्छ ।

पेट र आन्द्राको ब्याक्टेरियालाई स्वस्थ राख्नका लागि र ब्याक्टेरियालाई वृद्धि गर्नका लागि हरियो सागपात, प्रशस्त फाइबर र पोषक तत्व भएको खाना, बिउ, स्याउ, बेरी, स्ट्रबेरी लगायतका फलफूलको सेवनलाई बढाउनु पर्छ । त्यस्तै, दही र लस्सीमा हुने धेरै गुणले पेट तथा आन्द्रालाई स्वास्थ्य राख्न मद्दत गर्छ । दही र लस्सीको सेवनले पाचनमा सुधार गर्न पनि मद्दत गर्छ ।

खानपानका साथै व्यायाम र आरामले पनि पेट र आन्द्राको ब्याक्टेरियालाई स्वस्थ राख्नका लागि र ब्याक्टेरियालाई वृद्धि गर्नका लागि सहयोग पु¥याउँछ ।

jackson ribon