birat ribon

बन्धुकधारीले नाइजेरियामा गरे छात्राको अपहरण, तीन सय बढी अपहरणमा परेको आशङ्का

Neuro
बन्धुकधारीले नाइजेरियामा गरे छात्राको अपहरण, तीन सय बढी अपहरणमा परेको आशङ्का

विराटनगर / एउटा बन्दुकधारी अज्ञात जत्थाले उत्तर पश्चिमी नाइजेरियाको एउटा विद्यालयबाट तीन सयभन्दा बढी छात्राको अपहरण गरेको आशङ्का छ ।

cura insider

छात्रालाई बन्दुकधारीले अपहरण गरे पनि अपहरणमा पर्नेको सङ्ख्या यकिन हुन सकेको छैन । तर सरकारी अधिकारीले तीन सयभन्दा बढी छात्रा अपहरणमा परेको आशङ्का गरेका छन् । प्रहरीले शुक्रबार बिहान जाम्फारा राज्यको जान्जेवेस्थित एउटा आवासीय विद्यालयबाट अपहरण गरिएका तिनीहरुलाई जंगलतर्फ लगिएको हुनुपर्ने दाबी गरेको छ ।

पछिल्ला केही साताभित्र विभिन्न विद्यालयहरुमा भएकामध्ये भएको यो सबैभन्दा ठूलो अपहरण काण्ड भएको स्थानीय अधिकारीहरुले बताएका छन् । सशस्त्र समूहले फिरौती रकम असुलीका लागि विद्यालयका बालबालिकाहरुको अपहरण गर्ने गरेका छन् ।

यस काण्डलाई लिएर नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले भनेका छन्– ‘यो घटना अमानवीय र पूर्णतः अस्वीकार्य छ । ठूलो रकम असुलीका लागि निर्दोष विद्यार्थीहरुको अपहरण गर्ने अपराधी समूहहरुसमक्ष सरकार झुक्ने छैन । हाम्रो पहिलो प्राथमिकता भनेको अपहरित सबैलाई जीवित र सकुशल अवस्थामा मुक्त गराउनु हो ।’

गत साता मात्र नजिकको नाइजर राज्यबाट अपहरित २७ विद्यार्थीसहित कम्तीमा ४७ जना अझैसम्म मुक्त हुन सकेका छैनन् । सन् २०१४ मा अतिवादी इस्लामिक समूह बोको हरामले नाइजेरियाका विभिन्न विद्यालयबाट सयौं छात्रालाई अपहरण गर्दा अन्तर्राष्ट्रिय समुदायले निक्कै आलोचना गरेको थियो ।

jackson ribon