birat ribon

ज्यानसेनको खोपले अमेरिकामा पायो स्वीकृति

Neuro
ज्यानसेनको खोपले अमेरिकामा पायो स्वीकृति

विराटनगर / बेल्जियमको कम्पनी ज्यानसेनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले अमेरिकामा स्वीकृति पाएको छ।

cura insider

ज्यानसेनमा औषधि उत्पादन क्षेत्रको ‘जाइन्ट जोन्सन एण्ड जोन्सन’को स्वामित्व रहेको छ । अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले यो खोपलाई शनिबार सर्वासाधारणको प्रयोगका लागि स्वीकृति दिएको हो। यो खोप एक डोज मात्रै लगाए पुग्ने छ।

यसअघि विकास गरिएका खोपहरु कोरोना नियन्त्रणका लागि दुई डोज लगाउनुपर्ने अवस्था थियो । गत जनवरीमा यो खोपको परीक्षण भएको थियो। खोपको प्रभावकारिता परीक्षणमा ६६ प्रतिशत देखिएको कम्पनीको दाबी छ । योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाएका छन्।

यसअघि फाइजर र मोदेर्नाको खोपले अमेरिकामा स्वीकृति पाइसकेका छन् । अहिले यी खोप सर्वसाधारणलाई लगाउने क्रम जारी छ। तर फाइजर र मोदेर्नाको खोप दुई डोज लगाउनु पर्छ। फाइजर र मोदेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप खर्च र भण्डारणका हिसाबले पनि किफायती देखिएको विज्ञहरुले दाबी गरेका छन्।

jackson ribon