birat ribon

रुस र अमेरिकालाई आणविक हतियारमा प्रतिबन्ध लगाउन आग्रह

Neuro
रुस र अमेरिकालाई आणविक हतियारमा प्रतिबन्ध लगाउन आग्रह

विराटनगर / पछिल्लो समय सम्बन्धमा चिसोपना आएको अमेरिका र रुसलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन र सम्बन्ध सुधारका लागि कूटनीतिक प्रयास थाल्न आग्रह गरिएको छ ।

cura insider

सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई यस्तो आग्रह गरेका हुन् । उनको आग्रहलाई दुई देशबीचको द्धन्द्ध समाधान गर्ने मुख्य आधारका रुपमा लिइएको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अन्य विषयहरूमा असहमति रहेपछि रुस र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो ।

बाइडेनले सत्ता सम्हालेपछि दुई शक्तिहरूले एउटा सम्झौता विस्तार गरिसकेका छन् । जसले दुबै पक्षलाई १५५० आणविक हतियारलाई सीमित गर्न मद्दत गरेको छ । यसलाई पुटिनले सकारात्मक विकासको रूपमा स्वागत गरेका छन् ।

गोर्बाचेभले इन्टरफ्याक्स समाचार संस्थासँगको कुराकानीमा भने, ‘एक महिना पहिले बाइडेनले अमेरिकी सत्ताको नेतृत्व गरेपछि फोनवार्ता गरेका दुई नेताले निकट भविष्यमा भेट गरी आणविक हतियारको नियन्त्रण विषयमा कुटनीतिक पहललाई जारी राख्नुपर्छ ।’

‘मुख्य कुरा आणविक युद्धबाट जोगिनु हो । यस्तो समस्याबाट जोगिनु पर्ने भएकोले यसलाई एक्लै समाधान गर्न असम्भव छ, भेट्नु जरुरी छ,’ गोर्भाचोभले भने, ‘निशस्त्रीकरण प्राप्त गर्ने र सुरक्षालाई सुदृढ पार्ने दृढ इच्छा भएमा धेरै समाधान भेट्न सकिन्छ ।’ ८९–वर्षीय गोर्भाचोबले दुबै पक्षलाई सम्बन्ध सुधार गर्न आग्रह गर्दै रूस र अमेरिकाबीचको अहिलेको अवस्था ‘ठूलो चिन्ताको विषय भएको बताएका छन् ।

jackson ribon