birat ribon

मर्मत गर्नुपर्ने जहाजबाट डेढ महिनामा ६० उडान

Neuro
मर्मत गर्नुपर्ने जहाजबाट डेढ महिनामा ६० उडान

विराटनगर / हेभी ल्यान्डिङ गरिएको वायुसेवा निगमको एयरबस ३३० कलसाइन (एन९–एएलजेड) मकालु जहाज सवा लाख यात्रुको जीवन जोखिममा पारेर विनापरीक्षण दुई महिना उडान भएको पाइएको छ ।

cura insider

क्याप्टेनद्वय सुनील श्रेष्ठ र महेशमान डंगोलले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो । जहाज हेभी ल्यान्डिङ भएपछि सम्पूर्ण परीक्षण गरेर मात्रै उडान गर्नुपर्ने हुन्छ । तर, निगम मौन बसेर यात्रुको ज्यान जोखिमै राखेर डेढ महिनादेखि ६० उडान–अवतरण गराएको गम्भीर तथ्य खुल्न आएको छ ।

जहाज सामान्य अवतरणका क्रममा ‘वान जी’ अर्थात् प्रतिसेकेन्ड ९.८ मिटरको गतिमा तल झर्ने गर्छ । तर, सो दिन २.४२ जी अर्थात् २२ मिटर प्रतिसेकेन्डको गतिमा जहाज अवतरण गरेको थियो । ८ जनवरीमा भएको ‘हेभी ल्यान्डिङ’लाई बेवास्ता गर्दै जहाज उडान भइरहेपछि २१ फेब्रुअरीमा जहाज निर्माता कम्पनी एयरबसले निगमको उडान सुरक्षा शाखामा जहाजमा समस्या आएको जानकारी इमेलमार्फत गराएको थियो ।

एयरबसको इमेलपछि निगमले २१ फेब्रुअरीको दुबई–काठमाडौं अवतरणपछि मात्रै समस्या आएको भन्दै जहाज र पाइलटलाई ग्राउन्डेड गराएको हो । साथै, निगम व्यवस्थापनले डेढ महिनापछि सो विषयमा आन्तरिक छानबिन समितिसमेत गठन गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon