birat ribon

अबको पाँच वर्षभित्र विकासशील देशमा नेपालको स्तरोन्नति हुँदै

Neuro
अबको पाँच वर्षभित्र विकासशील देशमा नेपालको स्तरोन्नति हुँदै

विराटनगर / नेपाल अति कम विकसित मुलुकभित्र पर्छ । तर अबको पाँच वर्षभित्र विकासशील मुलुकमा औपचारिक रुपमा नेपालको स्तरोन्नति हुने भएको छ ।

cura insider

संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेपछि नेपालको गन्तव्य स्पष्ट भएको हो । नेपालले अबको पाँच वर्ष अर्थात् सन् २०२६ देखि नेपाल विकासशील देश मा स्तरोन्नति हुने गरी सीडीपीले सिफारिस गरेको हो । पाँच वर्षको अवधि भने नेपालले स्तरोन्नतीको तयारीका लागि पाएको छ ।

पाँच वर्षअघिको भूकम्प र कोरोनाभाइरस सङ्क्रमण समेतका कारण पूर्वनिर्धारित सन् २०२२ मा भने नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सकेन । यही फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै आइरहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको छ ।

स्तरोन्नतिका लागि दिइएको तीनवटा सूचकमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिमको सूचकाङ्कमा नेपालले पछिल्लो दुईवटा सूचकाङ्कको थ्रेसहोल्ड (न्यूनतम मान) छोएकाले विकासशील देशमा स्तरोन्नतिका लागि योग्य ठहरिएको समितिले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon