birat ribon

कुखुराको दानामा मूल्यवृद्धिको तयारी

Neuro
कुखुराको दानामा मूल्यवृद्धिको तयारी

विराटनगर / उत्पादनका लागि आवश्यक कच्चापदार्थको मूल्य बढेको दाबी गर्दै नेपाल दाना उद्योग संघले कुखुराको दानाको मूल्यमा वृद्धि गर्ने तयारी थालेको छ ।

cura insider

संघले गत माघमा प्रति किलो दुई रुपैयाँ मूल्य बढाएको थियो । फेरि अहिले आएर प्रतिकिलो दुई रुपैयाँ दानाको मूल्य बढाउने तयारी गरिएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमै दाना उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चापदार्थ (भटमास)को मूल्य र यसको ढुवानी भाडादर बढेपछि यस्तो निर्णय लिनु परेको संघको दाबी छ ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले अबको दुई साताभित्रमा मूल्य बढीसक्ने जानकारी दिए । भटमासको मूल्य अझै बढ्ने सम्भावना रहेको अरु थप निर्णय त्यसपछि लिइने उनको भनाइ छ । पुरीका अनुसार मङ्सिरमा प्रतिकिलो ६५ रुपैयाँ रहेको भटमासको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ ।

अहिले ‘बी जिरो’ दानाको मूल्य प्रतिकिलो ६२ रुपैयाँ, ‘बी वान’को मूल्य प्रतिकिलो ६१ रुपैयाँ, ‘बी टू’को मूल्य प्रतिकिलो ६० रुपैयाँ र ‘बी थ्री’को मूल्य प्रतिकिलो ५९ रुपैयाँ छ । मूल्य बढेसँगै सबै प्रकारको दानाको प्रतिकिलो मूल्य क्रमशः ६४, ६३, ६२ र ६१ रुपैयाँ पुग्नेछ । नेपालमा दाना बनाउन प्रयोग गरिने भटमास र मकै अमेरिका, ब्राजिल, भारत लगायत देशबाट आयात गरिन्छ । आर्थिक अभियान दैनिकमा समाचार छ

jackson ribon