birat ribon

श्रीलंकाको जेलमा छन् २६ नेपाली महिला

Neuro
श्रीलंकाको जेलमा छन् २६ नेपाली महिला

विराटनगर / वैदेशिक रोजगारीमा पुर्याउने प्रलोभनमा पारेर लगिएका २६ जना नेपाली महिला श्रीलंकाको जेलमा रहेको खुलासा भएको छ ।

cura insider

संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका उनीहरु लामो समयदेखि जेलमा रहेको पुष्टि भएको छ । नेपाली महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको बताए । उनका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उलंघन लगायतका विषयमा श्रीलंकाको अदालतमा मुद्दा चलिरहेको छ । कान्तिपुरमा दैनिकमा समाचार छ

jackson ribon