birat ribon

बार्सिलोनाले रियल मड्रिडलाई उछिन्यो

Neuro
बार्सिलोनाले रियल मड्रिडलाई उछिन्यो

विराटनगर / स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिल्लामाथि २–० गोलको जित निकालेको छ । शनिबार रात सेभिल्लामाथि उसैको मैदानमा बार्सिलोनालाई जिताउन ओस्मान डेम्बेले र लियोनल मेस्सीले समान एक–एक गोल गरे ।

Image

रामोन सान्जेज पिजजुआन स्टेडियमा खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको जित दिलाए ।

cura insider

जितसँगै साविक विजेता रियल मड्रिडलाई उछिन्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । उसले २५ खेलमा ५३ अङ्क जोडेको छ । २४ खेल खेलेको रियल ५२ अङ्कका साथ तेस्रो स्थानमा छ । सेभिल्ला भने ४८ अङ्कका साथ चौथो स्थानमा छ ।

Image

jackson ribon