birat ribon

केराबारीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु

Neuro
केराबारीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु

विराटनगर / मोरङको केराबारीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । शनिबार बिहान केराबारी–५ स्थित भित्री सडकखण्डमा को२त ५५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक १८ वर्षीय गजेन्द्र राईको मृत्यु भएको हो ।

cura insider

सुनसरी इटहरी–३ का राई ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका थिए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याक्टर र चालक इटहरी–३ का २७ वर्षीय राम दर्जी प्रहरी नियन्त्रणमा छन् ।

jackson ribon