birat ribon

आगलागीमा करोडभन्दा बढीको क्षति

Neuro
आगलागीमा करोडभन्दा बढीको क्षति

तेह्रथुम / यहाँस्थित एक विद्यालयमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी हुँदा एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको जनाइएको छ ।

cura insider

विद्यालयको प्रशासनिक भवनमा बिहान करिब ३ बजेदेखि आगलागी सुरु भएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद दुलालले जानकारी दिए । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरूपमा जलेर नष्ट भएको छ । विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रअ दुलालले बताए ।

आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्री जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले बिहान १० बजे विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको जनाए । रासस

jackson ribon