birat ribon

मोरङको केराबारीमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

Neuro
मोरङको केराबारीमा ट्याक्टर दुर्घटना, सह–चालकको मृत्यु

विराटनगर / मोरङको केराबारीमा शनिबार बिहान ८ः३० बजेतिर भएको ट्याक्टर दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ ।

को २ त ५५०० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का १८ वर्षीय गजेन्द्र राईको मृत्यु भएको हो । तीव्र गतिमा रहेको ट्याक्टर दुर्घटनामा परेर ज्यान गुमाएका राई त्यही ट्याक्टरका सह–चालक रहेको खुलेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि बिहान ९ः३० बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

cura insider

दुर्घटनामा परेर इटहरी–३ का २२ वर्षीय राजु थापा घाइते भएका छन् । गम्भीर अवस्थाका उनको धरानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । थापाले ट्याक्टरमा सामग्री लोड/अलोडको काम गर्दै आएको बताइएको छ । मोरङको केराबारी गाउँपालिका–५ पिपलचोकमा ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रनि ढकालका अनुसार गिट्टी लोड गर्नका लागि खोलातिर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । उनले ट्याक्टर र चालक इटहरी–३ का २७ वर्षीय राम दजीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।

jackson ribon