birat ribon

वैदेशिक रोजगारीका नाममा सात महिनाभित्र २८ करोड ठगी

Neuro
वैदेशिक रोजगारीका नाममा सात महिनाभित्र २८ करोड ठगी

विराटनगर / वैदेशिक रोजगारीका नाममा पछिल्लो सात महिनाभित्रमा झन्डै २८ करोड रुपैयाँ ठगी गरिएको छ ।

cura insider

साउनदेखि हालसम्म संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाइएको छ । व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ आठ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी वैदेशिक रोजगार विभागमा परेका छन् ।

व्यक्तिगततर्फ दुई सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ दुई सय ४६ उजुरी दर्ता भएकामा एक सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।

विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमार्फत अदालतमा दायर गरिने जानकारी दिए। संस्थागत (म्यानपावर) ठगीका उजुरीमा विभागले पीडित र सञ्चालकबीच छलफल गराई बिगो फरफारक गराउँदै आएको छ। संस्थागततर्फ माघसम्म दुई सय ५८ उजुरी परेका छन्। आठ करोड १८ लाख बिगो दाबी गरिएकोमा विभागले छ करोड ८८ लाख रुपैयाँ बिगो भराएको छ। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon