birat ribon

मारवाडी प्रिमियर लिग : लिगको अन्तिम खेल र फाइनल खेल भोलि हुने

Neuro
मारवाडी प्रिमियर लिग : लिगको अन्तिम खेल र फाइनल खेल भोलि हुने

विराटनगर / आठौँ संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल)मा शुक्रबार तीन खेल भएका छन् । फागुन १२ गतेबाट सुरु भएको लिगअन्तर्गत आज प्रिमियर ११, महालक्ष्मी ११ र केएसबी रोयल्सले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

cura insider

विराटनगर–२ स्थित शङ्करपुर मैदानमा भएको पहिलो खेलमा प्रिमियर ११ ले पर्शुराम वारियर्समाथि २६ रनको जित निकालेको छ ।

टस जितेर पहिले बलिङ गरेको वारियर्सले जितका लागि एक सय १२ रनको लक्ष्य पाएको थियो । तर जवाफी ब्याटिङका लागि आएको वारियर्सलाई ८५ रनमै समेटेपछि प्रिमियर इलेभेन २६ रनको जित निकाल्न सफल भएको थियो ।

आज नै भएको प्रतियोगिताको दोस्रो खेलमा सोनी रोयल्स्विरुद्ध महालक्ष्मी एलेभेनले सात विकेटको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रोयल्स मात्र ६५ रन बनाउँदै सस्तैमा समेटिएपछि महालक्ष्मी विशाल जित निकाल्न सफल भएको हो । आठ बलमा २८ रन बनाउँदै पवन पराखले विष्फोटक ब्याटिङ गरेपछि महालक्ष्मीले ६ ओभरमा नै लक्ष्य भेट्टाएको थियो ।

त्यस्तै, आजै भएको तेस्रो खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको केएसबी रोयल्सले पर्शुुराम वारियर्समाथि एक रनको रोमाञ्चक जित आत्मसात् गरेको छ । ८५ रनको मध्यम लक्ष्य पछ्याएको वारियर्सलाई ८४ रनमा सीमित पार्न रोयल्सका मोनाल गोयले तीन विकेट लिएका थिए ।

प्रतियोगिताको अन्तिम लिग खेल भने भोलि प्रिमियर एलेभेन र महालक्ष्मी एलेभेनबीच बिहान ७ बजे हुनेछ । भोलि नै हुने प्रतियोगिताको फाइनल खेल भने मध्याह्न १२ः१५ बजे सुरु हुनेछ ।

विजेताले ट्रफीसहित नगद ४० हजार र उपविजताले १५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथिका रूपमा प्रदेश १ का प्रमुुख सोमनाथ अधिकारी उपस्थित हुँदै छन् ।

jackson ribon