birat ribon

इलाका प्रहरी कार्यालय धरानमा हाजिर भए पल शाह

Neuro
इलाका प्रहरी कार्यालय धरानमा हाजिर भए पल शाह

विराटनगर । नायक पल शाह इलाका प्रहरी कार्यालय धरानमा हाजिर भएका छन् । कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा जाहेरी परेपछि शाह शुक्रबार बेलुका करिब साढे ६ बजे हाजिर भएका हुन् ।

cura insider

कुटपिट गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय धरानले नायक पल शाहलाई शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाएको थियो । तर उनी प्रहरीले तोकेको समयमा पुगेनन् । उनी करिब चार घण्टा ढिलो इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

शाह विरुद्ध चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको उजुरी दिएका थिए ।

शाहको दुर्व्यवहारमा परेका प्रधानले पलले माफी नमागे उनी अभिनित चलचित्र प्रदेश १ मा प्रदर्शन हुन नदिने बताएका छन् । तर शाहले भने अाफू माथि नै दुर्व्यवहार भएकाे बताएका छन् ।

jackson ribon