birat ribon

यसरी ओखरको सेवन गर्दा हुन्छ फाइदा

Neuro
यसरी ओखरको सेवन गर्दा हुन्छ फाइदा

विराटनगर / दिमाग आकारको ओखर मेमोरी र मस्तिष्क प्रकार्य बढाउनका लागि प्रसिद्ध छ । ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन र आइरन प्रशस्त मात्रामा पाइन्छ । सही तरिकाले ओखरको सेवन गर्दा यसबाट धेरै स्वास्थ्य लाभ हुन्छ । ओखर जसरी खाँदा पनि फाइदाजनक हुन्छ र यसलाई खान सही वा गलत तरिका हँुदैनन । कुनै पनि तरिकाले यसलाई दैनिक आहारमा समावेश गर्नाले यसले स्वास्थ्यमा धेरै फाइदा पुर्याउने गर्छ ।

ओखरलाई रातभरि भिजाएर बिहान यसको सेवन गर्नु सबैभन्दा उत्तम तरिकाहरूमध्ये एक हो । भिजेको ओखर खान पनि सजिलो हुन्छ । साथै, भिजाइएको ओखरबाट पोषक तत्त्व अवशोषित गर्न शरीरलाई पनि सजिलो हुन्छ ।

cura insider

यस्ता छन् भिजाएको ओखर खानुका फाइदा

मधुमेह रोगीहरूका लागि उत्तम हुने : धेरै अध्ययनका अनुसार दिनभरि भिजाइएको ओखर खानेले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ । यो टाइप २ मधुमेह पीडित मानिसहरूका लागि एक उत्तम आहार हो ।

क्यान्सरबाट जोगाउँछ : ओखरमा एन्टिअक्सिडेन्ट हुन्छन् जसले शरीरमा क्यान्सर कोषहरूको वृद्धिलाई रोक्छ ।

तनाव व्यवस्थापन गर्छ : ओखर ओमेगा ३ फ्याट्टि एसिडहरूको समृद्ध स्रोत हो । दैनिक आहारमा भिजाइएको ओखर समावेश गर्नाले तनाव व्यवस्थापन गर्न र तनावसँग लड्न मद्दत गर्छ । यसले मुड पनि सुधार गर्न सक्छ ।

तौल घटाउन सहयोग गर्छ : ओखर क्याल्सियम, पोटासियम, आइरन, तामा र जिङ्कको राम्रो स्रोत हो । भिजाइएको ओखरको सेवन गर्नाले मेटाबोलिजम बढ्छ जसकारण तौल कम गर्न मद्दत हुन्छ । ओखरमा राम्रो फ्याट पनि हुन्छ जसले एक मानिसलाई लामो समयसम्म पेट भएराएको महसुस गराउँछ, जसले धेरै खानबाट जोगाउँछ र तौल घटाउन मद्दत गर्छ ।

राम्रो निन्द्रा : ओखरमा हुने मेलाटोनिन नामक एक कम्पाउन्डले राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ । बिहान उठेपछि र राति सुत्नुअघि भिजाएको ओखर खानाले राम्रो निन्द्रा लाग्ने गर्छ ।

हड्डी र दाँत बलियो बनाउँछ : ओखर स्वस्थ फ्याट्टि एसिड र म्याग्नीसियमको समृद्ध स्रोत हो, जुन हड्डी र दाँतलाई बलियो र स्वस्थ बनाउनका लागि आवश्यक हुन्छ ।

कपालको वृद्धिलाई बढावा दिन्छ : ओखरमा भिटामिन बी७ हुन्छ, जुन कपालको वृद्धिका लागि उत्तम छ । बिहान भिजाएको ओखरले कपाललाई बलियो र लामो बनाउन सक्छ ।

कोलेस्ट्रोलको स्तर कम गर्छ : भिजाइएको ओखरको सेवनले शरीरमा हुने खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ, जसले मुटु रोगहरूको जोखिमलाई कम गर्छ ।

jackson ribon