birat ribon

‘मड्रिड डर्बी’बाट बेन्जेमा मैदान फर्किने अपेक्षा

Neuro
‘मड्रिड डर्बी’बाट बेन्जेमा मैदान फर्किने अपेक्षा

विराटनगर / स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा चोटमुक्त हुन प्रयासरत छन् । चोटका कारण मैदानबाहिर रहेका बेन्जेमा ‘मड्रिड डर्बी’बाट मैदान फर्किने अपेक्षा गरिएको छ ।

रियलले ला लिगाअन्तर्गत ७ मार्चमा एथ्लेटिको मड्रिडको सामना गर्दैछ । एथ्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा हुने सो खेलबाट उनी मैदान फर्किने रियलले अपेक्षा गरेको छ । रियलले त्यसअघि आफ्नै मैदानमा रियल सोसिडाडसँग खेल्दैछ ।

cura insider

बेन्जेमाले चोटका कारण पछिल्ला केही खेल गुमाएका थिए । उनले च्याम्पियन्स लिगअन्तर्गत अटलान्टासँग खेल्न पाएका थिएनन् । उनले यस सिजन १७ गोल गरेका छन् ।

jackson ribon