birat ribon

चस्मा लगाउनेलाई सङ्क्रमणको जोखिम कम

Neuro
चस्मा लगाउनेलाई सङ्क्रमणको जोखिम कम

विराटनगर / चस्मा लगाउने मानिसलाई कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुने बताइएको छ । भारतमा गरिएको एउटा अध्ययनअनुसार चस्मा नलगाउनेको तुलनामा चस्मा लगाउने मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने सम्भावना दुईदेखि तीन गुणा कम हुन्छ ।

cura insider

१० देखि ८० वर्षबीचका तीन सय बढीमा अध्ययन गरिएको थियो । यसमध्ये अध्ययनमा संलग्न १९ प्रतिशत मानिस प्रायःजसो चस्मा लगाउँथे । यस अध्ययनले आठ घण्टाभन्दा धेरै समय चस्मा लगाउनेहरूलाई कोभिड १९ को सङ्क्रमण कम हुन पत्ता लगाएको छ ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार औसतमा एक मानिसले आफ्नो अनुहारमा प्रतिघण्टा २३ पटक र आँखामा प्रतिघण्टा औसत तीन पटक हातले छुने गर्छन् ।

अध्ययनअनुसार दुषित हातले आँखा छुँदा सङ्क्रमण हुने खतरा हुने भएकोले चस्मा लगाउँदा आँखा छुने र आँखा मिच्ने सम्भावना कम हुन्छ । कोभिड रोग निम्त्याउने सार्स कोभ २ भाइरस मानव शरीरमा प्रवेश गर्नको लागि सबैभन्दा बढी नाक र मुखको भूमिका भएपनि आँखालाई पनि महत्त्वपूर्ण माध्यम मानिन्छ ।

दैनिक चस्मा लगाउनेहरूका लागि चस्मा लगाउँदा आँखामा भाइरस सर्ने जोखिम कम गरी सुरक्षात्मक कारक बन्न सक्छ ।

jackson ribon