birat ribon

‘कबड्डी’ को चौथो सिरिज निर्माण हुने

Neuro
‘कबड्डी’ को चौथो सिरिज निर्माण हुने

विराटनगर / सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो सिरिज निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी’ सिरिजको चौथो भागको नाम ‘कबड्डी ४ ः दि फाइनल म्याच’ राखिएको छ ।

cura insider

‘कबड्डी ४’ यस सिरिजको अन्तिम शृंखला हुनेछ । निर्माण टिमले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् । ‘कबड्डी ४’ मा पहिलो सिरिजदेखि तेस्रो सिरिजसम्मका मुख्य कलाकारहरू दोहोरिने बताइएको छ । फिल्मको कहानी त्यहाँबाट सुरु हुनेछ, जहाँ फिल्म ’कबड्डी ३’ अन्त्य भएको थियो ।

फिल्म हेरेका सबै दर्शकको एउटै चासो छ, ‘चौथो भागमा काजी र मैयासँगै हुन्छ–हुँदैनन्’ ? यही चासोलाई ध्यानमा राख्दै निर्माण टिमले ‘कबड्डी ४’ लाई अन्तिम खेल अर्थात् ‘दि फाइनल म्याच’ भनेका हुन् ।

बाँसुरी फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो फिल्म आगामी वर्ष २०७८ मा रिलिज हुनेछ ।

jackson ribon