birat ribon

अपाङ्गतामैत्री संरचना : गफ धेरै, काम छैन (भिडियो रिपोर्ट)

Neuro
अपाङ्गतामैत्री संरचना : गफ धेरै, काम छैन (भिडियो रिपोर्ट)

विराटनगर / विराटनगर पुष्पलाल चौकमा होमप्रसाद पराजुली १२ वर्षयता ह्विलचेयरमा हिँड्छन् । अस्पताल र सरकारी कार्यालयमा जाँदा उनले सधैँ समस्या भोग्छन् । कार्यालय मात्र होइन् सडकमा पनि ह्विलचेयरमा हिँड्न समस्या छ । पछिल्लो समय अपाङ्गतामैत्री संरचना बनाउने प्रक्रिया सुरु भएकाले केही होला कि भन्ने आशा छ ।

इटहरी उपमहानगरपालिका–२ का मानबहादुर भुजेल विद्यार्थी हुन् । जनता बहुमुखी क्याम्पसमा अध्ययनरत उनले विद्यालय र कलेज जाँदा समस्या भोगे । उनको खुट्टा चल्दैनन् । ह्विलचियरमा हिँड्ने उनी सडक र सरकारी संरचना अपाङ्गतामैत्री नदेखेको बताउँछन् ।

cura insider

विद्यालय जाँदा साथीहरूले कक्षा कोठामा पुर्‍याइदिनुपर्ने समस्या उनले भोगेका छन् । अपाङ्गमैत्री संरचना नहुँदा गाह्रो भएको उनले बताए । सरकारी कार्यालय प्रमुखहरू अपाङ्गता भएकाहरूको पहुँचमा नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीमा जाँदा अपाङ्गता भएकै कारण प्रमुख जिल्ला अधिकारीलाई भेट्न आफूले समय नपाएको उनले बताए ।

बेलबारी मोरङका पदमबहादुर विष्ट पनि ह्विलचेयरको साहरामा यात्रा गर्छन् । सरकारी कार्यालय जाँदा सधैँ समस्या भोग्नु परेको उनले बताए । संरचना अपाङ्गतामैत्री बनाइदिए काम गर्न सहज हुने उनले बताए । तर स्थानीय र प्रदेश सरकारले अपाङ्गमैत्री संरचना बनाउन सकेका छैनन् ।

तीन तहका सरकार अपाङ्गमैत्री संरचना बनाउन तयार रहेको बताएपनि प्रभावकारी कदम चाल्न सकेका छैनन् ।

jackson ribon