birat ribon

सुनको मूल्य घट्यो, चाँदीको भाउमा पनि गिरावट

Neuro
सुनको मूल्य घट्यो, चाँदीको भाउमा पनि गिरावट

विराटनगर / स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा रु ८८ हजार आठ सयमा कारोवार हुनेगरी मूल्य निर्धारण गरिएको छ ।

cura insider

छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार तीन सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार तीन सय ५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार आठ सय ५० का कारोवार भएको थियो ।

यसैगरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार तीन सय ५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार तीन सय ३५ मूल्य निर्धारण भएको छ ।

jackson ribon