birat ribon

दक्षिण कोरियामा देशव्यापी कोरोना खोप अभियान सुरु, नेपाली खुसी

Neuro
दक्षिण कोरियामा देशव्यापी कोरोना खोप अभियान सुरु, नेपाली खुसी

विराटनगर / दक्षिण कोरियाले देशव्यापी रूपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएसँगै त्यहाँ रहेका नेपाली खुसी भएका छन् ।

अस्ट्राजेनेका कम्पनीले निर्माण गरिएको खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका कोरियन स्वास्थ्यकर्मी तथा नर्सिङहोमका कर्मचारीलाई लगाइँदैछ ।

cura insider

थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान सुरु भएको बताइएको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत सो खोप कोरियाको एसके बायो–साइन्सले निर्माण गरेको हो ।

उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप सात लाख ८० हजार व्यक्तिलाई दुईपटक दिन पुग्नेछ । कोरियाले आगामी मार्चको अन्तिमसम्म दुई लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीलाई खोपको दुई पटक दिने तयारी गरेको छ ।

कोरियाले यसअघि नै त्यहाँ रहेका विदेशीलाई पनि कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने बताइसकेको छ । त्यहाँ रहेका हरेक वैधानिक तथा अवैधानिक विदेशीले पनि यो खोप प्राप्त गर्नेछन् । रासस

jackson ribon