birat ribon

८६ वर्षमै पहिलोपल्ट टेस्ट दुई दिनमै सकियो

Neuro
८६ वर्षमै पहिलोपल्ट टेस्ट दुई दिनमै सकियो

विराटनगर / भारत र इङ्ग्ल्याण्डबीचको तेस्रो टेस्ट खेल दुई दिनमै सकिएको छ । घरेलु टिम भारतले इङ्ग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा शानदार जित निकालेसँगै दुई दिनमा नै तेस्रो टेस्ट सकिएको हो ।

सन् १९३५ यता टेस्ट खेल सबैभन्दा छिटो सकिएको यो नै पहिलोपल्ट हो । दोस्रो विश्वयुद्धपछि कुनै टेस्ट खेल दुई दिनमै सकिएको यो आठौँ पटक हो ।

cura insider

इङ्ग्ल्याण्डले दुवै पारीमा दुई सयभन्दा कम रन जोडेको यो सातौँ पटक हो भने सन् १९०४ यता तेस्रो पटक हो । इङ्ग्ल्याण्डले दुई दिनमा मात्रै टेस्ट हारेको सन् १९२१ पछिको यो पहिलो पटक हो ।

अहमदाबादमा तेस्रो टेस्टको दोस्रो दिन नै इङ्ग्ल्याण्डले प्रस्तुत गरेको ४९ रनको लक्ष्य भारतले दिनको खेल सकिन करिब ३० ओभर बाँकी छँदै बिना कुनै क्षतिमा पूरा गरेको थियो । जितसँगै चार खेलको टेस्ट शृङ्खलामा भारतले २–१ को अग्रता लिएको छ ।

इङ्ग्ल्याण्डले प्रस्तुत गरेको ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा बिना कुनै क्षतिमा ४९ रन बनाएर पूरा गरेको थियो । भारतको जितमा रोहित शर्माले २५ र शभुमन गिलले १५ रनको अविजित पारी खेले ।

पहिलो पारीमा ३३ रनले पछाडि परेको इङ्ग्ल्याण्डले बिहीबार नै आफ्नो दोस्रो पारीको सुरुआत गर्दा ३०.४ ओभरमा मात्र ८१ रनको सामान्य योगफलमा समेटिन पुग्यो । उसको पारीमा बेन्न स्टोक्सले बनाएको २५ तथा जोइ रुटको १९ र ओली पोपको १२ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो योगफलसमेत छुन सकेनन् ।

भारतका लागि अक्षर पटेलले सर्वाधिक पाँच तथा रविचन्द्रन आश्विनले चार र वाशिङ्गटन सुन्दरले एक–एक विकेट लिए ।

जवाफमा भारतले ओपनर रोहित शर्माको ६६ रनको पारीको सहयोगमा पहिलो पारीमा एक सय ४५ रन बनायो । यस्तै कप्तान विराट कोहलीले २७ रन बनाउँदा इङ्ग्ल्याण्डका लागि कप्तान जोइ रुटले सर्वाधिक पाँच विकेट लिए । ज्याक लिचले एक र जोफ्रा आर्चरले एक विकेट लिए ।

jackson ribon