birat ribon

काङ्ग्रेस नेता जोशीलाई मस्तिष्कघात, शल्यक्रिया गर्ने तयारी

Neuro
काङ्ग्रेस नेता जोशीलाई मस्तिष्कघात, शल्यक्रिया गर्ने तयारी

काठमाडौँ / नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

जोशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएकोमा अहिले नर्भिक अस्पतालमा लगिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । शरीरको देब्रपट्टि समस्या देखिएपछि बिहीबार राति नै वीर अस्पताल लगिएको थियो ।

cura insider

स्रोतका अनुसार अहिले उनको नर्भिक अस्पतालमा शल्यक्रियाको तयारी गरिएको छ । जोशीको मस्तिष्कमा रगत जमेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

jackson ribon