birat ribon

महिला लघुवित्तको आइपिओः गाेलाप्रथामा साढे ३७ हजार भाग्यमानी, यहाँबाट हेर्नुहोस् नतिजा

Neuro
महिला लघुवित्तको आइपिओः गाेलाप्रथामा साढे ३७ हजार भाग्यमानी, यहाँबाट हेर्नुहोस् नतिजा

विराटनगर । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको आइपिओ बाँडफाँड भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले सर्वसाधारणमा बिक्री गरेको आइपिओ बाँडफाँड गरेको हो ।

१५ लाख ४० हजार ३५ जनाले २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदका लागि आवेदन भरेका थिए । ती मध्ये ३७ हजार पाँच सयलाई १० कित्ताका दरले सेयर परेको छ ।

cura insider

गोलाप्रथामा साढे ३७ हजारले १० कित्ताका दरले पाएका हुन् । लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

शेयरको नतिजा मेरो शेयर, कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ ।

jackson ribon