birat ribon

रोनाल्डो सर्वकालीन महान् खेलाडी : इब्राहिमोभिक

Neuro
रोनाल्डो सर्वकालीन महान् खेलाडी : इब्राहिमोभिक

विराटनगर / इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटान इब्राहिमोभिकले रोनाल्डो नाजारियो फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडी भएको बताएका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा स्वीडेनका स्टार इब्राहिमोभिकले ब्राजिलियन रोनाल्डो सर्वकालीन महान् खेलाडी भएको बताएका हुन् ।

cura insider

३९ वर्षीय इब्राहिमोभिकले स्टार खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा ब्राजिलियन रोनाल्डो उत्कृष्ट भएको बताए ।

‘रोनाल्डो सर्वकालीन महान् खेलाडी हुन्,’ उनले भने, ‘मेरा लागि उनी नै महान् छन् । रोनाल्डो नै फुटबल हुन्, जसरी उनले उपलब्धि बनाए । फुटबल इतिहासकै महान् खेलाडी हुन्, यसमा कुनै शङ्का छैन ।’

‘आजका युवा खेलाडीहरू पाँच मिनेट खेल्छन् र आफूलाई महान् ठान्छन्’, उनले थपे ।

jackson ribon