birat ribon

पुटिनका विरोधी नाभाल्नीको अवस्था अज्ञात

Neuro
पुटिनका विरोधी नाभाल्नीको अवस्था अज्ञात

विराटनगर / रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोध भनेर चिनिने विपक्षी नेता एलेक्सी नाभाल्नीको अवस्था अज्ञात रहेको छ ।

पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थलमा लगिएको हो । नाभाल्नीका सहयोगीका अनुसार उनलाई कहाँ लगिएको हो भन्नेबारे केही जानकारी दिइएको छैन। यहि महिनाको सुरुमा उनलाई भ्रष्टाचारको अभियोगमा जेल पठाइएको थियो।

cura insider

उनलाई दोषी ठहर गर्ने आदेशलाई राजनीतिक प्रतिशोध भनिएको थियो। नाभाल्नी राष्ट्रपति पुटिनका कडा आलोचकको छवि बनाएका नेता हुन्। अघिल्लो वर्ष उनलाई साइबेरियामा जहर दिइएको थियो र एक स्वतन्त्र अनुसन्धानका क्रममा रुसका सुरक्षा एजेन्टको एक टिमले उनको हत्याको प्रयास गरेको खुलेको थियो।

बेहोस अवस्थामै उनलाई जर्मनी लगिएको थियो जहाँ उपचारपछि उनी निको भएका थिए। यसै वर्षको जनवरीमा रुस फर्केका उनलाई विमानस्थलबाटै गिरफ्तार गरिएको थियो। रुसको एक अदालतले उनलाई तीन वर्षको कैद सजाय सुनाएको छ। उनका समर्थकले तत्काल अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् ।

jackson ribon