birat ribon

साउदीका पत्रकार हत्याको रिपोर्ट सार्वजनिक गर्ने अमेरिकाको तयारी

Neuro
साउदीका पत्रकार हत्याको रिपोर्ट सार्वजनिक गर्ने अमेरिकाको तयारी

विराटनगर / साउदी अरबका पत्रकार जमाल खाशोग्गीको निर्मम ढंगले भएको हत्या सम्बन्धी रिपोर्ट सार्वजनिक गर्ने तयारी अमेरिकाले गरेको छ ।

उनको हत्याका सम्बन्धमा भएको अनुसन्धानको प्रगतिसहितको रिपोर्ट सार्वजनिक गर्न लागिएको हो । घटनामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानलाई जिम्मेबार ठहर गरिएको चर्चा छ। अमेरिकी राष्ट्रपति जो बाइेडनले यो रिपोर्ट पढिसकेका छन् । उनले यसबारेमा साउदी अरबका बादशाह सलमानसँग कुराकानी पनि गरेका छन्।

cura insider

बाइडेनले सबै पक्षसँग समन्वय गर्दै रिपोर्ट सार्वजनिक हुने जनाउ दिएका छन् । बाइडेनले साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई नयाँ शिराबाट हेर्न चाहेको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा अमेरिका र साउदी अरब नजिकिएका थिए ।

अक्टुबर २०१८ मा टर्कीको साउदी वाणिज्य दूतावासभित्र हत्या गरिएको क्षतविक्षत अवस्थामा पत्रकार खाशोग्गीको शव भेटिएको थियो । तर साउदी युवराजले यस घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरिरहेका छन् । खाशोग्गी साउदी शासकको आलोचक थिए ।

यस घटनामा साउदी अरबको अदालतले पाँच जनालाई मृत्‍यु दण्डको फैसला सुनाएको भए पनि पछि २० वर्षको जेल सजायमा बदलेको थियो । अमेरिकाले खाशोग्गीको हत्यासँग जोडिएको रिपोर्ट आजै (शुक्रबार) सार्वजनिक गर्न सक्ने बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार चार अमेरिकी अधिकारीले साउदी युवराजको आदेश वा मन्जुरीमा हत्या भएको कुरा रिपोर्टमा समेटेका छन् । यो रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर निकायको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।

jackson ribon