birat ribon

सरकारले थाल्यो खोप भण्डार गृह निर्माण

Neuro
सरकारले थाल्यो खोप भण्डार गृह निर्माण

विराटनगर / सरकारले कोरोना भाइरसविरुद्धको खोप भण्डार गृह निर्माण थालेको छ । भण्डार गर्न क्षमता अभिवृद्धि एवं पूर्वाधारमा व्यापक विस्तार गर्ने निर्णय सरकारबाट भएको हो ।

त्यस क्रममा देशभर आठवटा खोप भण्डार गृह आगामी दुई महिनामै तयार हुनेछन् । पूर्वाधार विस्तारको काम थालनी नै भइसकेको छ । खोप भण्डारण क्षमता वृद्धि गर्न सरकारले आठवटा खोप भण्डार गृह स्थापना थालेको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार केन्द्रीय स्तरको एक र सातवटै प्रदेशमा एक–एकवटा खोप भण्डार गृह स्थापना कार्य अगाडि बढाइएको हो ।

cura insider

मन्त्रालयको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले सबै नेपालीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन खोपको सुरक्षित एवं उचित व्यवस्थापन गर्ने उद्देश्यले भण्डारण बनाउन थालिएको जानकारी दिए । केन्द्रसहित सातवटै प्रदेशमा खोप भण्डार गृह स्थापना गर्ने काम सुरु भइसकेको जानकारी उनले दिए ।

एउटा केन्द्रको निर्माण लागत एक करोड २० लाख रुपैयाँ लागत पर्ने गरी कुल लागत नौ करोड ६० लाख रुपैयाँमा केन्द्र स्थापना हुन लागेको उनले जानकारी दिए । तत्कालका लागि कोरोना खोप भण्डारण गरी सबै क्षेत्रमा सहज वितरण गर्ने लक्ष्य सरकारको भए पनि यी केन्द्र पछि अन्य खोप भण्डारणमा प्रयोग हुनेछन् । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon