birat ribon

दाहाल–नेपाल पक्षले गर्यो जसपालाई सहकार्यको प्रस्ताव

Neuro
दाहाल–नेपाल पक्षले गर्यो जसपालाई सहकार्यको प्रस्ताव

विराटनगर / नेकपाको दाहाल–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा)लाई सरकार गठनमा सहकार्यका लागि प्रस्ताव गरेको छ ।

सर्वोच्च अदालतले मंगलबार संसद् विघटनलाई बदर गरेपछि नयाँ सरकार गठनका लागि कसरत गरिरहेको दाहाल–नेपाल समूहले बिहीबार जसपासँग पनि छलफल गरेको हो । जसपाले संविधान निर्माण गर्दादेखि नै आफूहरूसँग धोका भएको भन्दै पार्टीमा छलफल गर्ने जवाफ दिएको छ । नेकपा अध्यक्षद्वय दाहाल र नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले नेकपाको पार्टी कार्यालय पेरिसडाँडा पुगेका थिए ।

cura insider

‘संविधानमा भएका त्रुटि सच्याउनुपर्नेछ, रेशम चौधरीलगायत बन्दी रिहाइ गर्नुपर्नेछ र हामीले सुरुदेखि नै उठाइरहेका विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने हुन्छ,’ वरिष्ठ नेता महतोले भने, ‘सरकारमा जाने विषय मात्रै प्राथमिकतामा राखेर हुँदैन । यी सबै विषयलाई एकसाथ कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा हामी पार्टीको बैठकमा छलफल गरौँला भनेका छौँ ।’

जसपा नेताहरूले दाहाल र नेपाललाई पार्टीको आधिकारिकताको विषय नटुंग्याईकनै बाँकी विषयमा छलफल गर्न गाह्रो हुने बताएका थिए । ‘उहाँहरूले सहकार्यका लागि प्रस्ताव गर्नुभयो । हामीले तपाईंहरूको पार्टी कुन हो, अलमलमा परियो, प्रस्ट हुनुस् भन्यौँ,’ महतोले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon