birat ribon

पाँच वर्षदेखि टेकोकै भरमा संस्कृत विश्वविद्यालय

Neuro
पाँच वर्षदेखि टेकोकै भरमा संस्कृत विश्वविद्यालय

विराटनगर / वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन विगत पाँच वर्षदेखि १४ वटा टेकोका भरमा रहेको छ ।

टेकोका भरमा अडिएको भवन पुनर्निर्माण÷सबलीकरणतर्फ अझै सम्बद्ध निकायको ध्यान जान सकेको छैन । विश्व सम्पदा क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटकको विशेष आकर्षण क्षेत्रमै रहेको काठको कलात्मक उक्त भवन अझै कहिलेसम्म पुनर्निर्माण हुने हो यकिन हुन सकेको छैन । उक्त भवनमा संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको थियो ।

cura insider

मन्त्रीस्तरीय बैठकले सम्पर्क कार्यालय राखेर विश्वविद्यालयले लामो समयसम्म पदाधिकारी खटाउन नपाउने निर्णयपछि सम्पर्क कार्यालय दाङ बेलझुन्डीकै विश्वविद्यालयमा २०७५ सालमै गाभिएको विश्वविद्यालयका रजिस्टार माधव अधिकारीले जानकारी दिए । विश्व सम्पदा क्षेत्रमै अवस्थित काठको कलात्मक तथा बहुमूल्य सामग्रीयुक्त त्यस सम्पदाको सबलीकरण वा पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गर्दा तत्काल बजेटको अभाव रहेकाले आउँदा वर्षमा त्यस भवनलाई लक्षित गरी बजेट छुट्याउने आश्वासन पाएको अधिकारीले बताए ।

विनाशकारी भूकम्पपछि त्यस भवनको सबलीकरणका लागि जापानी संस्था ‘कोइका’ ले योजनासहित विस्तृत परियोजना ल्याएको सुनेको तर त्यो काम हुन नसकेको उनले बताए । सम्पर्क कार्यालयका साथै अध्ययन अनुसन्धानका काम समेत हुने सो भवनमा भूकम्पले क्षति पुगेपछि उपयोग गर्न नसकिने अवस्थामा पुगेको रजिष्टार अधिकारीले बताए ।

ठाउँ–ठाउँमै चिराचिरा परेको त्यस भवनको मुनि साना नाङ्ला पसल, चिया पसल तथा क्युरियो पसल सञ्चालन हुँदै आएका छन् । त्यस क्षेत्रमा विगत २३ वर्षदेखि क्युरियो पसल सञ्चालन गर्दै आएका हरि कार्कीले २०७२ सालपछि सधैँ नै भवन भत्कने हो कि भन्ने चिन्ताले सताउने गरेको अनुभव सुनाए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon