birat ribon

नेकपाको वैधानिक विभाजन पर्खदै कांग्रेस

Neuro
नेकपाको वैधानिक विभाजन पर्खदै कांग्रेस

विराटनगर / सत्तारुढ नेकपाको वैधानिक विभाजनको पर्खाइमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ ।

नयाँ सरकार गठनको विषयमा नेकपाको विभाजित धारणा प्रस्ट भएपछि थप रणनीति बनाएर अगाडि बढ्ने निर्णय कांग्रेसले गरेको हो । कानुनीरुपमा नेकपा अहिले पनि एउटै पार्टी रहेको निष्कर्ष निकाल्दै कांग्रेसले तत्काल दुवै समूहसँग सहकार्य हुन नसक्ने निर्णय गरेको हो ।

cura insider

संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतीक्षा गर्ने निष्कर्ष निकालेको हो । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद् बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको बताए । कानुनीरुपमा नेकपा एउटै पार्टी भएकाले नेकपाका नेताहरुको धारणा स्पष्ट हुन जरुरी रहेको र त्यसपछि मात्र सहकार्य गर्न सकिने विषयमा छलफल हुने उनले बताए ।

तत्काल नयाँ सरकार गठन गर्ने विषयमा पार्टीले कुनै पनि निर्णय नगरेको बताउँदै नेकपाको दुई समूहको विवाद अहिले चलिरहेको अवस्थामा यो समूहलाई समर्थन गर्ने भन्ने विषयमा जान नसकिने महतले बताए । बैठकमा सभापति देउवालाई नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको महतले जानकारी दिए ।

बैठकले व्यक्तिव्यक्तिभन्दा पनि पार्टीसँग सहकार्य गर्ने निष्कर्ष निकाल्दै अहिले नेकपा एउटै भएकाले दुई ढंगले प्रस्ट भएर आएपछि सहकार्यबारे सोच्ने सकिने निर्णय गरेको छ । बुधबार नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वयले निवासमै पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । जवाफमा देउवाले पार्टीभित्र छलफल गरेर मात्र थप कुरा गर्न सकिने बताएपछि उनीहरु अलमलमा परेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ

jackson ribon