birat ribon

अवे गोलका आधारमा मिलान अन्तिम १६ मा

Neuro
अवे गोलका आधारमा मिलान अन्तिम १६ मा

विराटनगर / इटालियन क्लब एसी मिलान युइएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा क्रेभना ज्भेज्दासँग १–१ गोलको बराबरी खेल्दै समग्रमा ३–३ को बराबरी भएपनि अवे गोलका आधारमा मिलान अघिल्लो चरणमा प्रवेश गरेको थियो ।

पहिलो लेगमा मिलानले ज्भेज्दाको मैदानमा २–२ गोलको बराबरी गरेको थियो । दोस्रो लेगमा आफ्नै मैदानमा १–१ गोलको बराबरीमा रोकिए पनि अवे गोलको आधारमा मिलान अन्तिम १६ मा प्रवेश गरेको हो ।

cura insider

गए राति सान सिरोमा फ्रान्क केस्सीले नवौँ मिनेटमा पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । २४औँ मिनेटमा ज्भेज्दाका एल फाराडौ मोहम्मद बेन नबौहानेले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा फर्काए ।

खेलको ७०औँ मिनेटमा मार्को गोबेलिजकले रातो कार्ड पाएपछि ज्भेज्दा दस खेलाडीमा सीमित बनेको थियो । तर, बाँकी समय थप गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

jackson ribon