birat ribon

युनाइटेड युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा

Neuro
युनाइटेड युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा

विराटनगर / इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल सोसिडाडसँग गोलरहित बराबरी खेले पनि समग्रमा ४–० को नतिजासहित युनाइटेड अघिल्लो चरणमा प्रवेश गरेको हो ।

cura insider

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको १३औँ मिनेटमा सोसिडाडले पेनाल्टीको मौका पाएको थियो । मिकेल ओयार्जाबालले प्रहार गरेको पेनाल्टी मिस हुँदा पाहुना टोली स्तब्ध बनेको हो ।

पहिलो लेगमा ४–० गोलको जित निकालेका कारण युनाइटेड सहजै अन्तिम १६ मा पुगेको हो ।

jackson ribon