birat ribon

आर्सनल अन्तिम १६ मा

Neuro
आर्सनल अन्तिम १६ मा

विराटनगर / इङ्ग्लिस क्लब आर्सनल युइएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम ३२ को खेलमा पोर्चुगिज क्लब बेन्फिकामाथि ३–२ गोलको जित निकाल्दै आर्सनल समग्रमा ४–३ को नतिजासहित अघिल्लो चरणमा प्रवेश गरेको हो ।

ग्रीसस्थित कराइस्काकिस स्टेडियममा भएको खेलमा आर्सनलले सुरुआती अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा पेइर्रे–इमरिक औबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

cura insider
Image

४३औँ मिनेटमा डिएगो गोकाल्भेसले गोल गरेपछि बेन्फिका पहिलो हाफभरि बराबरीमा फर्कियो । ६१औँ मिनेटमा राफा सिल्भाले गोल गर्दै बेन्फिाकालाई अग्रता दिलाए ।

६७औँ मिनेटमा किएरन टिर्नेले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए । ८७औँ मिनेटमा औबामेयाङले दोस्रो गोल गर्दै आर्सनललाई जित दिलाए ।

यसअघि पहिलो लेगमा आर्सनलले बेन्फिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

jackson ribon