birat ribon

जब मेस्सीले विपक्षी गोलकिपरको जर्सी मागे

Neuro
जब मेस्सीले विपक्षी गोलकिपरको जर्सी मागे

विराटनगर / प्रायः विपक्षी टोलीका गोलकिपरहरूले बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग खेलपछि जर्सी माग्ने गर्छन् । तर, बुधबार राति ला लिगाअन्तर्गत इल्चे र बार्सिलोनाबीचको खेल सकिएपछि भने मेस्सीले नै विपक्षी टोलीका गोलरक्षक इदगार बदियासँग जर्सी मागेका थिए ।

बार्सिलोनाले इल्चेमाथि ३–० गोलको जित निकालेको थियो । बार्सिलोनाको मैदान क्याप नोउमा घरेलु टोलीलाई जिताउन मेस्सीले दुई तथा जोर्डी अल्बाले एक गोल गरेका थिए । सो खेलपछि दुवै टोलीका खेलाडी मैदानबाट बाहिरिँदै गर्दा इल्चेका गोलरक्षक बदियाले मेस्सीसँग उनको जर्सी मागे ।

cura insider

मेस्सीबाट जर्सी पाएपछि बदिया आभार व्यक्त गर्दै उनीबाट छुट्टिनेक्रममा थिए । तर, उनलाई रोक्दै मेस्सीले भने–‘तिम्रो पनि देऊ न ।’ मेस्सीको अप्रत्याशित जवाफ पाएका बदिया सुरुमा त अचम्ममा परे । त्यसपछि उनले ठट्टा गर्दै ‘मेरो पनि चाहिन्छ र ?’ भन्ने प्रश्न गरे र मेस्सीलाई जर्सी थमाउँदै बिदा भए ।

इल्चेलाई हराएसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले २४ खेलमा ५० अङ्क जोडेको छ । इल्चे भने २१ अङ्कसहित १८औँ स्थानमा छ ।

ला लिगाको शीर्ष स्थानमा एथ्लेटिको मड्रिड छ भने दोस्रो स्थानमा रियल मड्रिड छ । २३ खेल खेलेको एथ्लेटिकोसँग ५५ अङ्क भने ऊभन्दा एक खेल बढी खेलेको रियलसँग ५२ अङ्क छ ।

jackson ribon