birat ribon

दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

Neuro
दुई लाखभन्दा बढी भारुसहित एक भारतीय नागरिक पक्राउ

विराटनगर / भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

भारतको अत्तरिया जिल्ला घर भएका ३४ वर्षीय सञ्जय सिंहलाई दुई लाख ४६ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

cura insider

सिंहको साथबाट पाँच सयका तीन सय ८८ थान, दुई हजारका २६ थान भारतीय रुपैयाँ बरामद गरिएको जनाइएको छ । उनलाई प्रहरी कार्यालय रानीमा ल्याई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइए प्रहरीले जनाएको छ ।

jackson ribon