birat ribon

औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत घुससहित रङ्गेहात पक्राउ

Neuro
औषधि व्यवस्था विभाग विराटनगरका अधिकृत घुससहित रङ्गेहात पक्राउ

विराटनगर / विराटनगर–३ बाट औषधि व्यवस्था विभाग विराटनगरका एक अधिकृत घुसहित पक्राउ परेका छन् । विभागका फार्मेसी अधिकृत सरोज सुवेदी बिहीबार घुससहित पक्राउ परेका हुन् ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत २४ वर्षीय सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

cura insider

विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले बताएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत थिए । उनलाई दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।

तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा औषधि पसल सञ्चालन गरेर बसेका एक व्यक्तिसँग उनले दुई लाख रुपैयाँ घुस लिएकाे बताइएकाे छ । बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले घुस लिएको अख्तियारको टोलीले जनाएको छ ।

jackson ribon